धरान : मिस नेपाल सन् २०२४ आश्माकुमारी केसीबाट आज शुक्रवार धरानमा टाइटन ब्रान्ड घडीको एक्सक्लुसिभ स्टोरको उद्घाटन भएको छ । उनी टाइटनको ब्रान्ड एम्बेसडर हुन ।
एम्बेसडरको नाताले टाइटन घडी नै किन लगाउने ? भनी घडिप्रेमीहरुलाई सन्देश दिँदै मिस नेपाल केसीले सञ्चारकर्मीहरूलाई भनिन् ‘टाइटन गुणस्तरीय, भरपर्दो, विश्वासनिय र सर्वसुलभ छ ।’
उनले उद्घाटन गरेकी धरान–१२ महेन्द्र पथ स्थित विस्तारित टाइटन स्टोरमा नयाँ लुक र छनोट गर्नका लागि १ हजार प्रकारको शैलीहरूका घडी छन् । टाइटन घडीहरूको मूल्य १५०० सय देखी १ लाख रुपया सम्म रहेको नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले बताए ।
विश्वको पाँचौँ ठुलो घडी निर्माता टाइटन कम्पनीले विशेष ब्रान्ड आउट लेट परिमार्जित गर्दे शाखा पुनः उद्घाटन गरेको हो । टाइटन काठमाण्डौं उक्त धरान शाखा १० वर्ष अघि खुलेको थियो । रणनीतिक रूपमा नेपाली उपभोक्ताहरू बिच गुणस्तर र रोजाई पुर्याउन टाइटनको व्यापक प्रतिबद्धताको एक हिस्सा बनाउन धरान पुन शुभारम्भ गरेको जनाएको छ ।
पुनः शुभारम्भको अवसरमा जारी विज्ञप्तिमा टाईटन ब्रान्डको सामानहरू परिमार्जित गर्दे लुक र उत्पादनहरूको अझ फराकिलो दायराको स्टोरले टाइटनको सामान बजारमा ल्याएको उल्लेख छ ।
पुरुषहरूका लागि टाइटन सङ्कलनमा अल्ट्रा स्लिम एजदेखि, टाइटनको राँगा श्रेणीका महिलाहरूका लागि अद्वितीय गहना घडीहरू, टाइटन स्टेलरमा आकाशीय प्रेरित डिजाइनहरू, फास्ट्र्याक श्रेणीका युवा केन्द्रित फेसन फरवार्ड घडीहरू स्टोरमा उपलब्ध रहेको बताइएको छ ।
धरान सो रुममा टाइटनको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको स्मार्ट घडी, फरफ्युम र सन ग्लासहरू पनि उपलब्ध छन् । पुन उद्घाटनको अवसरमा टाइटनले साउन ५ गते सम्म २० प्रतिशत छुट दिने जनाएको छ ।
स्टोरले विभिन्न डिजाइनका १ हजार भन्दा बढी घडीहरू विक्री वितरण गर्ने धरान शाखा बिजनेस म्यानेजर वसन्त वासुदेवनको भनाई छ । पुनः शुभारम्भ भएको स्टोरमा टाइटनका स्मार्टवाचदेखि टाइमलेस क्लासिक क्वाट्र्ज र अटोमेटिक्स सम्म रहेका छन् ।