धरान : धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले फायल अपहरण गरेका कारण निर्माण सम्पन्न भएको ४५ वटा योजनाको रकम भुक्तानी नभएको उपप्रमुख अईन्द्र विक्रम बेघाले बताएका छन् । 
आइतबार साँझ आफ्नै कार्यकक्षमा आकस्मिक पत्रकार सम्मेलन गरी उपप्रमुख बेघाले नगरप्रमुखले असार १६ गते लेखा शाखाबाट फायल अपहरण गरी आफ्नो कब्जामा राखेको कारण समयमा कर्मचारीले कम्प्युटर ईन्ट्री गर्न नभ्याएको बताए । उनले भने ‘कम्प्युटर ईन्ट्री गर्न नभ्याएका कारण ४५ वटा योजनाको ९१ लाख ४९ हजार ६ सय रकम भुक्तानी हुन सकेन ।’
उपप्रमुख बेघाले भने ‘यसको सम्पूर्ण जिम्मेवारी फायल अपहरण गर्ने मान्छेले लिनु पर्दछ, फायल अपहरण मेयर साम्पाङले गरेका हुन ।’ उनले सुशासन कायम गर्ने ठाउँमा बसेका मान्छेले नै उपभोक्ताको रकम भुक्तानी हुनबाट बञ्चि गरेको बताए ।
उनले भने ‘स्थानीय श्रोतको बजेट भएका कारण दायित्व सर्ने सम्भावना त छ तर बजेट भुक्तानी हुने सुनिश्चित छैन ।’ यदि उपमहानगरपालिकाको बजेट बनेको भए अर्को मङ्सिरको नगरसभाले स्रोत र बजेट सुनिश्चित गर्नुपर्ने अवस्था हुन्थ्यो । 
तर बजेट बनी नसकेका कारण दायित्व सर्ने सम्भावना हुने त भयो तर समावेश गर्न अप्ठ्यारो स्थिति भएको उनको भनाई छ ।
कुन कुन योजनाको भुक्तानी भएन ?
pas-navaye-ko-file
file