धरान : प्रहरीले धरान–१३ अमरहाटबाट शुक्रवार मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० केजी गाँजा सहित पक्राउ गरेको छ ।
उनलाई अमर हाट स्थित अस्थायी प्रहरी चौकीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसै गरी कोशी गापा–१ लौहकीबाट वडा २ का ३२ वर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ वर्षीय रञ्जित कुमार यादवलाई ३६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेको हो । 
यस्तै इनरुवा–४ बाट वराहक्षेत्र –९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कको प्रहरी टोलीले पक्राउ गरेको छ ।