धरान: इलाका प्रहरी कार्यालय धरानले अवैध गाँजासहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।

राती करिब एक बजे धरान १७ स्थित सप्तरंगी पार्क(डाँडाघोपा)बाट पक्राउ परेका धनकुटाका राजकुमार राई र धरान १७ का सोमन खत्रीलाई प्रहरीले गाँजासहित सार्वजनिक गरेको हो । दुवैको साथबाट करिब ५ किलो ६ सय ग्राम गाँजा वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अबैध लागुऔषध बेचबिखन भइरहेको सुचनाको आधारमा राती खटिएको टोलीले दुवैलाई को १६ प २५ १५ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

प्रहरीले खानतलासी लिदा राज कुमार राईले पछाडी भिरेको झोलामा लागुऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राजकुमारले उक्त गाँजा सोमन खत्रीलाई बिक्री गर्न ल्याएको वयान दिएका छन् । दुबैलाई लागु औषध गाँजा मुद्दामा म्याद थप लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।