धरान:गए राती लागुऔषध गाँजासहित धरान उपमहानगरपालिका वडा नं १७ स्थित डाँडा घोपा चोकबाट २ युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजासहित धनकुटा साँगुरीगढी गाउँपालिका ९ बस्ने बर्ष २५ को राज कुमार राई र धरान १७ नमूना मार्ग बस्ने बर्ष २२ का नम खत्रीलाई पक्राउ गरेको हो । राती करिब २ बजेको समयमा को १६ प २५१५ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा समातिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट साढे ५ किलो गाँजा र नगद २८ हजार ३ सय पनि बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।