सप्तरी : हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज आइतबार सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ ।

बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कङ्कालिनी १४ का ५६ वर्षीय हीरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका र उनीहरूलाइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकामा आज आयोजित पत्रकार सम्मेलनमा सो घटना सार्वजनिक गरिएको हो ।

गाँजा भारततर्फ तस्करी गर्न लागिरहेको बेला सशस्त्र प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भए पनि कोही घाइते नभएको तर घेरामा परेका उनीहरूलाई पक्राउ गरेर ल्याइएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले बताए ।
पक्राउ परेकाले आफूहरुलाई एकपटक गाँजा ओसारेबापत दुई हजार दिने गरेको र पु¥याउने ठाउँबारे थाहा भए पनि कहाँबाट ल्याइएको थाहा नभएको उनीहरूले बताएकाले मुख्य तस्कर पत्ता लाग्न नसकेको उनले जानकारी दिए ।

नेपाली बजारभन्दा भारतीय बजारमा गाँजाको मूल्य तीन गुणा बढी भएकाले व्यापक रुपमा गाँजा ओसारपसार हुने गरेको पक्राउ पर्नेहरुबाट बुझिएको हो भन्दै सशस्त्र प्रहरी उपरीक्षक थापाले तस्करको राम्रो सञ्जाल र सुरक्षा टोली भएकाले गाँजा ओसारपसारको स्रोतको खोजीका लागि पनि प्रहरीले सीमा नाकामा कडाइ गरेकोे बताए ।