धरान : युमा साम्यो महासभा नेपाल र युमा साम्यो नेपाल बिच एकता बिच संस्थागत एकता गर्न वार्ता टोली गठन भएता पनि वार्ता गर्न नसकेको मध्यस्थकर्ता भक्तिराज लिम्बु मादनेहाङले बताएका छन् ।
वार्ता टोली सहित आज मङगलबार धरानमा पत्रकार सम्मेलन आयोजना गरी उनले लिम्बु समुदाय भाषा, संस्कृति र संस्कारका कुरामा एक छन् तर अगुवाहरूको ‘जुँगाको लडाई’ उनीहरू विभाजित हुने गरेको बताए ।
मध्यस्थकर्ता टोली संयोजक लिम्बुले भने लिम्बु लिम्बु बिच सहिष्णुता कायम गर्न युमा साम्यो महासभा र युमा साम्यो नेपाल बिच एकता कायम गर्न जरुरी भएको बताए ।
उनले भने ‘लिम्बुहरूको भाषा, संस्कार, संस्कृति, धर्म एकै भए पनि संस्थामा ‘जुँगाको लडाइ’ रहेकाले लिम्बुको संस्था एक रहन सकेको छैन, त्यस कारण दाजुभाइ लडाई हुने अवस्था छ ।’
उनका अनुसार कसको जित र हार हुने भन्ने समस्याले वार्ता हुन सकेन ।
युमा साम्यो नेपाल वार्ता गर्न तयार रहे पनि युमा साम्यो महासभा नेपाल तयार भएन ।
वार्ता टोली गठन भएको १ वर्ष भयो तर वार्ता भने हुन सकेको छैन ।
नेपालका पहलकर्ताहरूले वार्ता गराउन नसकेपछि हङकङबाट आएर ३ दिन देखि संस्थागत एकता गर्न वार्ता गराउने कोसिस गरे पनि वार्ता नै नभएको उनले बताए ।
भक्तिराजले भने ‘उनीहरूले मलाई ३ दिन देखी झुलाए,आज विहानमात्र ८ बजे भेट्ने ११ बजे भेट्ने भने तर २ बजे सम्म पर्खँदा समेत उनीहरू आएनन् उल्टै सामाजिक सञ्जाल र फोन मार्फत अश्लील गाली गर्दै धम्काए ।’
उनले युमा साम्यो महासभा नेपालका हाल कार्यरत सम्पूर्ण पदाधिकारीहरू अवैधानिक भएको दाबी गर्दै भने ‘‘संस्था अवैधानिक भनेको होइन त्यसलाई लिड गर्ने व्यक्ति अवैधानिक हुन ।’
राम आङबुहाङले भने ‘लिम्बु सबै संस्कार एक भए पनि धर्म एक भएन, जुँगाको लडाई धेरै भयो ।’ संस्थागत एकता गर्न युमा साम्यो नेपाल तयार भए पनि युमा साम्यो महासभा तयार भएन । महासभा बाट धोका भयो । 
युमा साम्यो महासभाका उपाध्यक्ष हर्क सुब्बा इजमले भने ‘महासभाका अवैधानिक व्यक्तिले सामाजिक सञ्जालमा अपशब्द र विधि विपरीत कार्यगरे,उनले आर्थिक अपचलन गर्दे अपारदर्शिता कार्य गरेकाछन् ।’
yuma-samyo-11