ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “इटहरीमा वडाअध्यसहित दुई पक्राउ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सार्वजानिक बाटोमा मनपरी गरेको भन्दै इटहरी उपमहानगरपालिकाले आफ्नै वडाअध्यसहित दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । सार्वजानिक कल्भर्टमा क्षति पुर्याउको भन्दै इटहरीका मेयर द्धारिकालाल चौधरीले इटहरी–१५ का वडाध्यक्ष सर्वन चौधरी र स्थानीय अमित चौधरी विरुद्ध पक्राउ पुर्जी जारी गरेका छन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “विराटनगरमा बढ्दै बाँदर” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आसपास जंगल छैन । तर हुल छ । नगरबासीलाई यसको जानकारी छैन । नगरको दक्षिणी क्षेत्र मिल्स एरियामा रहेको रघुपति जुट मिलभित्र बाँदरको संख्या बढ्दो क्रममा छ । तनि ठूला भाले । २५ जति साना ठूला बच्चा गरेर ४० को संख्यामा बाँदरको हुल छ । तीन वर्षअघि बन्द गोदाम खोल्दा ६ वटा जति बाँदर देखिएका थिए । मिलका प्रशासन प्रवन्धक श्यामकुमार आचार्यले तीन वर्षमै ठुलो समुह भइसकेको बताए । मिलको हातभित्रै रहने भएकाले त्यहाँ कार्यरत मजदुरबाहेक स्थानीयवासीलाई बाँदरको समुह बढ्दो क्रममा रहेको पत्तो छैन । पश्चिमतर्फ भारतको जोगवनी बजार रहेकाले बाँदर आहाराका लागि त्यसतर्फ जान्छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ दैनिकले “लिम्बुवानले संसद घेर्ने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश १ को नामकरण लिम्बुवान किरात खम्बुवान गरिनु पर्ने माग गर्दै आएको कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान मञ्चले आन्दोलन चर्काउने भएको छ । मञ्चको प्रान्तीय समितिले प्रदेश १ को बैठकले हिउँदे अधिवेशन शुरु भए लगत्तै विराटनगर स्थित प्रदेश सभा भवन घेरा गर्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार देनिकले“ खानेपानी मन्त्रालयले बेवास्ता गर्दा भोजपुरका दर्जनौं खानेपानी आयोजनाहरु अलपत्र” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड वोर्ड) विघटन भएका कारण भोजपुरको ग्रामीण क्षेत्रहरुमा सञ्चालित दर्जनौं खानेपानी आयोजनाहरुमा अन्यौलता छाएको छ । मन्त्रीपरिषद्को गत असार २० गतेको फण्ड वोर्डलाई विघटन गर्ने निर्णय गरेसँगै सञ्चालन भइरहेका ती आयोजनाहरु विचैमा अलपत्र परेका छन् । काम सकिएर उपभोक्ताले खानेपानी पिउँन थालेका आयोजनाहरुको पनि भुक्तानी रोकिएको छ । विश्व बैंकको सहयोगमा फण्ड वोर्ड, स्थानीय सहयोगी संस्था र उपभोक्ता समितिको त्रिपक्षीय सम्झौता बमोजिम भोजपुरमा सञ्चालित लाखौंका आयोजनाहरुलाई यसले प्रभाव पारेको हो ।

विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “२५ प्रतिशत कामदार अवैध वैदेशिक रोजगारीका” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । क्रममा विभिन्न देशमा कार्यरत करिब २५ प्रतिशतभन्दा बढी नेपाली कामदार अवैधानिक रुपमा काम गरिरहेका छन् । रोजगारीमा जाँदा सरकारले जारी गरेको श्रम अवधि सकिए पनि पुनः श्रम स्वीकृतिका लागि स्वदेश नफर्की सम्बन्धित मुलुककै रोजगारदाता कम्पनीमै शरण लिएर अवैध रूपमा काम गरिरहेको हुनसक्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अनुमान गरेको छ । सरकारले कामदारकै हकहितका लागि भनेर स्थापना गरेका कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति वितरण गर्न नसक्दा धेरै नेपाली कामदार अवैध रुपमा काम गर्न बाध्य हुनुपरेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका पूर्वकार्यकारी प्रमुख रघुराज काफ्लेले बताउँछन् । ‘रोजगारीका लागि गन्तव्य मुलुक पुगेका नेपाली युवा विभिन्न कारणले अवैध हुने गरेका छन्, तर कसरी अवैध हुन्छन् रु भनेर सरकारी स्तरबाट खासै अध्ययनभने गरिएको छैन । जसका कारण कामदारअवैध हुने क्रम बढ्दो छ, काफ्लेले भने, ‘आगामी दिनमा सरकार यस विषयमा गम्भीर नभए समस्या जटिल हुने छ ।’