ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकर्ले बन्ने भो धरानको बसपार्क” शीर्षकको समाचार पहिलो अंकमा छापेको छ । विवादका कारण १७ वर्षदेखि स्थगित रहेको धरानको सुन्दर बस्ती विकास आयोजनाले मूर्तता पाउने भएको छ । २०५८ सालमा आयोजना थाले पनि विवादका कारण सथगित भएको १७ वर्ष पछि आयोजनाले मूर्तता पाउने भएको हो । यहि माघ २७ गते शिल्यानास हुदैँछ । पुष २७ गते धरान उपमहानगरको कार्यपालिका वैठकले माघ २७ गते बसपार्क निर्माणको शिल्यानास गर्ने निर्णय पारित गरेपछी बसपार्कले मूर्तता पाउने भएको हो । धरानको भानुचौकलेको बसपार्क अस्त–व्यस्त बनेपछि तत्कालिन नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको अगुवाइमा बसपार्कमा बनाउनका लागि सुनदर बस्ती विकास आयोजना नाम दिएर शुरु गरिएको थियो । तर तत्कालिन समयमा ८६ जना स्थानियबासीहरुसंग निशुल्क लिएको जग्गामा धरान नगरका कर्मचारीले आफ्ना आफन्तको नाममा जग्गा खरिद गरेपछि आयोजना रोकिएको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकले “सय विद्यालयमा प्रविधिमैत्री शिक्षा” शीर्षकको समाचारलाई छापेको छ । प्रदेश १ का एक सयवटा सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनको तयारी थालिएको छ । सामाजिक विकास मन्त्रालय र कार्यक्रमका लागि साझेदार संस्थाका रुपमा रहेको इक्वालिटि फाउण्डेसन अर्गनायजेशन बीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्रालयका कामु सचिब उपेन्द्र दाहाल र फाउण्डेसनका अध्यक्ष डा ऋषि साहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

पूर्वेली नागरिक : आजको पूर्वेली नागरिक दैनिकले “निगरानीविहिन सीमाक्षेत्र” शीर्षकको समाचार छापेको छ । भारतसंग सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा सुरक्षा उपस्थिति नहुँदा स्थानीयले सास्ती भोग्नुपरिरहेको छ । लेकाली क्षेत्रका महत्वपूर्ण वनस्पति भारतीयले सहजै उपभोग गरीरहेका छन् । भारततर्फ सिमाना सुरक्षा उपस्थिति भएपनि सीमाक्षेत्रमा आड भरोसाका लागि नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ । उच्च पहाडि क्षेत्रमा पर्ने सीमाक्षेत्रमा मानवीय गतिविधि पर्याप्त हुने भएपनि न सुरक्षाकर्मीको उपस्थिति छ न वन लगायतका सरकारी कार्यालयहरु । यसेको फाईदालिदैँ नेपाली भुभाग भारतीयले सहजै उपभोग गरिरहेका छन् ।

औजार : आजको औजार दैनिकले पहिलो अंकमा “उपचार खर्च जोहो गर्दै तामाङ” शीर्षकको समाचार छापेको छ । शारिरीक रुमा अशक्त, अपांग रहेता पनि मेहनत र संघर्षका साथ आविका आर्जन गर्दै आएका तिर्थ तामाङ अहिले युरियन सम्बन्धिको रोगसंग लडिरहेका छन् । उनी लामो समयदेखि धरान भानुचौकको सार्वजनिक शौचालय अगाडि साधारण खुद्रा व्यापार गर्दै आएका थिए । चाबी, साचो जस्ता घरायसी सामानहरु शौचालय अगाडि बेच्नलाई उनले फिजाएर राख्थे । यसरी जसो तसो आफनो जिविकोपार्जन गरिरहेका तामाङलाई यो रोगबाट पीडित भएपछि जिविकोपार्जन गर्न र आफनो उपचारको लागि आर्थिक जुटाउन निकै कठिन भइरहेको छ ।