ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “बहुचर्चित ९०० मेगावाट परियोजनाको काम तीव्र” शीर्षकको समाचारलाई छापेको छ । संखुवासभाको मकालु र चिचिला गाउँपालिकास्थित निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना ‘अरुण तेश्रो जलविधुत आयोजना’ को काम तीव्ररुपमा अगाडि बढेको छ । सन् २०२२ सम्ममा ९ सय मेगावाटको जलविधुत् उत्पादन शुरु गर्ने लक्ष्यको साथ निर्माण कार्य तीव्ररुपमा अगाडि बढाएको हो । जलविधुत आयोजना निर्माण शुरु भएको ९ महिनाको अवधिमा १५ प्रतिशत काम पूरा भएको भारतका ठेकेदार कम्पनी सतलज हाइड्रोका कार्यकारी निर्देशक सतिशकुमार शर्माले जानकारी दिए । कम्पनीले मकालु गाउँपालिका ५ को दोभान र चिचिला गाउँपालिका ३ दिदिङबाट एकै पटक निर्माणको कामलाईअगाडि बढाएको छ । जसका लागि चार स्थानबाट सहायक सुरुङ खन्ने काम थालिएको कम्पनीका कार्यकारी निर्देशक शर्माले बताए । “जग्गा खण्डीकरण रोक्ने सरकारी नीति” शीर्षकको समाचारलाई पनि आजको ब्लाष्ट टाइम्सले छापेको छ । खण्डीकरण – कित्ताकाट) को विषयमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भर्खरै गरेको निर्णय यतिखेर जग्गा व्यवसायीहरु मझ चासोको विषय बनेको छ । कतिपयले सरकारले योनिर्णयलाई जग्गा प्लटिङका लागि कित्ताकाट खुलेको रुपमा बुझेका छन् । तर नेपाल सरकारको पुस २७ गतेको मन्त्रीस्तरीय बैठकले गरेको निर्णयले जग्गा प्लटिङलाई थप कडाई गर्न लागेको बुझिएको छ । त सथर्थ सरकारले जग्गासम्बन्धि अर्को कानुन नबनेसम्म जग्गाको खण्डीकरणलाई रोक्न ७ बुँदे निर्णय गर्दै मातहातका निकायलाई निर्देशन जारी गरेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेलीको पहिलो पृष्ठमा “श्रमिकलाई कार्यस्थलमै तालिम” शीर्षकको समाचार छापेको छ । सुनसरी–मोरङ औधोगिक करिडोरका उधोग प्रतिष्ठानमा काम गर्ने श्रमिकको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उधोग संगठन मोरङ र व्यावसायिक प्रशिक्षण तथा सीप विकास तालिम परिषद –सिटिइभिटी) बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा दुवैतर्फका प्रनिनिधीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा उद्योग संगठन मोरङका तर्फबाट अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष राकेश सुराना, कार्यकारिणी समिति रदस्य नन्दकिशोर राठी, सिटिइभिटीका तर्फबाट सदस्य सचिब पुष्पराम बाग्ले, इन्स्योर परीयोजनाका प्रवन्धक टेकबहादुर मल्ल र टिम लिडर सुवार सुवेदीले हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रदेश नं.१ क सामाजिक विकास मन्त्री जीवन घीमिरेले सीप विकासका लागि आयोजना हुने कार्यक्रमहरुलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । “घरायसी विवाद मिलाउँदै जनप्रतिनीधि” शीर्षकको समाचारलाई पनि आजको नागरिक पूर्वेलीले छापेको छ । विकास निर्माणका योजनामा समय बिताउनुपर्ने जनप्रतिनिधि झिना मसिना कार्यक्रममा अल्झन थालेका छन् । जसले गर्दा नगरमा सेवा लिन आउने सेवाग्राही मर्कामा पर्ने गरेका छन् । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल यस्ता कार्यक्रमका कारण धेरै समय खर्च भईरहेको बताउँछन् । उनले कार्यालयमा समय दिन नसकेको पनि स्वकार गरे । ‘अबेरसम्म कार्यक्रममा दिन बित्छ, जनताले स्नेह गरेर बोलाएका हुन्छन्’, उनले बाध्यता सुनाए, ‘नजाँदा रिसाउँछन्, जादा कामै चौपट हुन्छ । समय नदिएकै कारण नगरले बनाउनुपर्ने कतिपय ऐन कानुन बनेका छैनन् । बनेका कानुन कार्यान्वयन गर्न चुनौती छ । कहिलेकाहीँ समय नहुँदा बनेका कानुन कार्यान्वयन गर्न सकेका छैनौँ ।’ धेरै जसो समय त उनी सडक, पुल बाटो संगै धरायसी झगडा मिलाउन पुग्छन् । ‘समय दिन सकिएन भने जनप्रतिनिधिले काम गरेन भन्ने आरोप लगाउँछन्,’ उनले सुनाए, ‘समय दिँदा त्यस्तै सामान्य काममा दिन बित्छ ।’ यसरी समय बितिरहँदा अर्को नगरसभाको तयारीका लागि उनले समय दिन पाएका छैनन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सवारी चालकलाई पोशाक” शीर्षकको समाचार छापेको छ । प्रदेश नं. १ मा सार्वजनिक सवारी साधनका चालकले अनिवार्य पोशाक लगाउनु पर्ने नियम लागू गनिे भएको छ । प्रदेश १ भरी सार्वजनिक सवारी साधनका चालक र सहचालकले अनिवार्य रुपमा तोकिएको पोशाक लगाउनु पर्ने नियम लागु गरिने भएको हो । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सिटी रिक्सादेखी बससम्मका सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोशाक लगाउने व्यवस्था लागू गर्न लागेको प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए ।