इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका निरिह भएर बस्दा इटहरीको फाहोर व्यवस्थापन चुनौतीपूर्ण भएको सरोकारवालाहरुले आरोप लगाएका छन् ।

संवाद समुह सुनसरीले आयोजना गरेको इटहरीको फोहोर व्यवस्थापनको चुनौती र भइरहेको काम विषेयक संवादमा उपमहानगरका वडाअध्यक्षहरुले नै इटहरी उप महानगर फोहोर व्यवस्थापनको विषयमा निरिह रहेको बताएका छन् । निजी कम्पनीलाई फोहोर उठाउने जिम्मा दिएको तर सो कम्पनीले काम गरे नगरेको बिषयमा अनुगमन गरेर कारवाही नगर्दा इटहरीको फोहोर व्यवस्थापन हुन नसकेको वडाअध्यक्षहरुले बताए । उनीहरुले इटहरीको फोहोर व्यवस्थापन चुस्त दुरुस्त बनाइ सफा इटहरी बनाउन कार्यपालिका कठोर हुनु पर्ने सुझाव समेत दिए । बिहिवार इटहरीमा भएको संवादमा वाडनम्बर ८ का वडाअध्यक्ष भुपेन्द्र बरालले ठेकेदार कम्पनी वेष्ट एण्ड इन्भारोले सम्झौता अनुसार काम नगर्दापनि आफूहरु निरिह भएर बस्नु परेको बताए । उनले फहोर उठे नउठेको, बिषयमा अनुगमन गर्ने अनुगमन समिति नबन्दा समस्या भएको बताए । उनले भने,‘इटहरीलाई सफा बनाउनु छ भने नगरपालिका फोहोर गर्नेहरुप्रति कठोर हुन जरुरी छ ।’

इटहरी उप महानगर ६ का वडाअध्यक्ष दिपक गौतमले इटहरीको फोहोर व्यवस्थापन पब्लिक पार्टनरसिपमा भइरहेको भएपनि फहोर नउठेको गुनासो गरे । उनले निती बनाएर कठोर नभएसम्म इटहरी सफा नहुने बताए । ठेकेदार कम्पनीलाई फोहोर उठाएको शुल्क उठाउन समस्या भए हामी समन्वय गर्न तयार छौ तर फोहोर नउठाएको, गाडी नआएको, जनताको गुनासो हामी कतिन्जेल सुनिरहने ? गौतमको प्रश्न छ । वाडा नम्बर १७का अध्यक्ष भगवानलाल साहाले ठेकेदारले चुस्त दुरुस्त काम गर्न नसक्नुको कारण हो भनेर स्पष्ट पारे । हामी सधै नगरलाई दुर्गन्ध बनाउने पक्षमा छैनौ । उद्योग बाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी शैलेश बिष्टले इटहरी उपमहानगरसँग फाहोर व्यवस्थापनमा काम गर्न बाणिज्य संघ तयार रहेको बताए । फोहोरको बिषयमा उप महानगर गम्भिर हुन पर्छ र रोडम्याप बनाएर काम गर्नु पर्छ । खेलाँची पाराले इटहरीको फाहोर व्यवस्थापन नहुने उनको तर्क छ । उनले इटहरीमा व्यपार व्यबसाय गर्ने व्यपारीका लागि फोहोर फाल्न कति ड्स्टबिन चाहिन्छ त्यसको ५० प्रतिसत बाणिज्य संघले व्यहोर्ने बताए । उनले तोकिएको स्थानमा फोहोर नफाल्ने व्यपारीलाई कारवाही गर्न समेत आफूहरुले सहयोग गर्ने बताए ।
बाणिज्य संघका सदस्य तथा अध्यक्षका प्रत्यासी भिम पौडेलले इटहरीमा सार्वजनिक सौचालयको समस्या रहेकाले इटहरी उपमहानगरले स्थान उपलब्ध गराए आफू एक्लैले सार्वजनिक सौचालय बनाइदिने बताए । उनले भने मैले चुनाव जिते पनि नजिते पनि सार्वजनिक सौचालय बनाउँछु । यो चुनावी घोषणा होइन ।
नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरी दुर्गन्धित भइसकेको र अव पनि काम नगरे इटहरीको परिचय फेरिने बताए । उनले ५ बर्षको अन्तरमा इटहरीमा फोहोर अत्याधिक बढेको भन्दै अब कुरा हैन काम गर्नु पर्र्ने बताए ।

इटहरीको फोहोर व्यवस्थापनको जिम्मा लिएको वेष्ट एण्ड इन्भारोका मानध्वज मोक्तानले घरबाट बाटोमा ल्याएर फाहोर फाल्नेलाई उपमहानगरले कारवाही गर्नु पर्ने बताए । उनले तोकिएको स्थान र समयमा फहोर फालिनु पर्छ । यसो नभए जरिवाना तोकेर कारवाही हुनुपर्छ । उनले नगरपालिको अनुगमन नगर्दा समस्या भएको समेत बताए । उनले नगरपालिको फाहोर उठाउने रुट स्थान र समय तोकिदिनु पर्ने बताए ।
इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले उपमहानगरपालिकाले यात्रुलाई लक्षित गरि एक महिना भित्र शहरमा २ सय ६९ वटा डष्टबिन राख्ने तयारी भइरहेको बताए । अघिल्लो पटकको संवादपछि हामीले तयारी थालेका छौ । प्रकृया अगाडी बढिसकेको छ । एक महिना भित्रमा काम हुन्छ । उनले इटहरी सफा राख्न जीआईएस म्याप तयार गरिरहेको बताए ।

इटहरीका मेयर द्धारिकलाल चौधरीले चाँडै फोहोरको अनुगमन गर्नका लागि नगरस्तरीय समिति बनाइने बताए । उनका अनुसार अहिले फाहोर व्यवस्थापन सम्बन्धी छुट्टै निती बन्दै गरेकाले अनुगमन समिति र प्राविधिक समिति बनाएर फाहोर गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गरिने बताए । उनले भने हामी गम्भिर भएर लागेका छौ । अव इटहरीमा फाहोर गर्नेलाई कारवाही हुन्छ भनेर सुचना निकाल्दै छौ । इटहरी प्रवेशद्धारमा सुचना सहितको बोर्ड राखिन्छ । त्यति गर्दा पनि फाहोर गरे कारवाही गरिन्छ ।