धरान: लाङ्घाली सामुदायिक वनको कार्यालय भवन जति शुन्दर छ त्यति नै सामुदायिक वन परिसर भित्र दुर्गन्धित पनि छ । यस्तो कुरा आममानिसले सुन्दा अचम्म मान्दै किन र कसरी ? भन्ने प्रश्न राख्छन् ।

तर, लाङ्घाली सामुदायिक वन र हिमाली सामुदायिक वन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरुले यस प्रश्नको उत्तर सहजै रुपमा दिन्छन् । त्यो पनि तथानाम गाली गर्दै गुनासो पोख्छन् । किनभने यो पीडा वन क्षेत्र आसपास बस्ने स्थानीयहरुलाई मात्र थाह छ । धरान उपमहानगरपालिका वडा नं. ८ स्थित लाङ्गाली सामुदायिक वन परिसरभित्र अव्यवस्थित हड्डी (हाडखोर) थुपार्ने गरिएको छ । धरान उपमहानगर भरिका मासु व्यवसायीहरुले राँगा, भैसी, सुँगुर, खसी, बाख्रा लगायत चौपायको हड्डि तथा टाउको उक्त सामुदायिक वनभित्रै लगेर फाल्ने गरेको छ ।

धरान ८ निवासी दुर्गा भुजेलले जङ्गलमा घाँस दाउरा गर्दा धेरै असर गरेको सुनाईन् । उनले भन्नि, ‘हड्डीले गर्दा जंगल नै दुर्घन्धित बनाएको छ, हामीले यसलाई उठाउन पटकपटक माग गर्दा पनि सुनुवाई भएको छैन् ।’ जंगलको हड्डीलाई अव पनि व्यवस्थापन गर्न सकिएन भने यसबाट चाडै नै रोगको शिकार भइने अर्की स्थानीय बालकुमारी बताउँछिन् । उनले भनिन्, ‘हिडँडुल गर्दा गन्ध आउने, त्यतिमात्र हैन हड्डी फालेको स्थानमा दैनिक १ दर्जनभन्दा बढी कुकुरहरुको बासस्थान हुने, कुकुरले स्थानीयको २ दर्जनभन्दा बढी बाख्रा खाईदिसक्यो, अब पनि रोकथाम गर्न सकेन भने हाम्रो पशुचौपायको क्षतिपूर्तिसहित सजाय वन कार्यसमितिका पदाधिकारीलाई कारवाही हुनुपर्छ ।’

त्यसैगरी स्थानीय कुसुमायाँ तामाङले आफ्नो बाख्रा कुकुरले खाइदिएको बताईन् । उनले भनिन्, ‘आफ्नो बाख्रा खोज्न जादाँ कुकुरले समेत झम्टेर टोक्नु खोज्यो, यो चाडैँ नै रोक्नुपर्छ , हैन भने अब हामी चाडै नै हैजा लागेर मर्छौ ।’ लाङ्घाली सामुदायिक वनका अध्यक्षलाई पटक पटक हाडखोरको व्यवस्थापन गर्न सुझाव दिएको छिमेकी हिमाली सामुदायिक वनका अध्यक्ष पर्शुराम वाईवाले बताए ।

उक्त हार्डखोर (फालिएको हड्डी) लाङ्घाली वनभित्र त पर्छ तर यसले हिमाली सामुदायिक वनलाई पनि असर पारेको अध्यक्ष वाइवाले बताए । उनले भने,‘यी दुई सामुदायिक वनको सीमाना खोलाले छुट्टयाउँछ । हिमाली सामुदायिक वनले यो पहल कदम चालेको १ वर्ष भएको उनले बताए । फालिएको हड्डी हिमाली सामुदायिक वनदेखि लगभग ६० मिटरको दुरीमा थुपारिएको छ ।’ हिमाली सामुदायिक वनभित्र सर्वजातिय आर्यघाट पनि छ । आर्यघाटमा मलामि आउनेहरुले छिछि र दुरदुर गर्दै वान्ता गर्ने तथा सराप्ने समेत गरेको उनले बताए । पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेको अध्यक्ष वाइवाले बताए । अब पनि पनि हाडखोरको व्यवस्था नगरे छलफल राख्ने उनले बताए । साथै स्थानीयहरु विरामी समेत परेको उनले बताए ।

यता लाङ्घाली सामुदायिक वनका अध्यक्षले भने पटक पटक छिमेकी वनका अध्यक्षले हाडखोरलाई व्यवस्थापन गर्न सल्लाह सुझाव दिएको स्वीकार गर्छन् । उनले मासु व्यवसायीहरुलाई पनि व्यवस्थित तरिकाले हड्डीलाई भण्डारण गर्न सुझाव दिएको बताए । तर, उनीहरुले अटेर गरेको पनि उनले बताए । यसबारेमा उपमहानगरपालिकालाई प्रतिवेदन पनि बुझाएको उनले बताए । उपमहानगरपालिकाले खासै चासो नदेखाएको उनले बताए । उनले भने, ‘यस सामुदायिक वनभित्र अव्यवस्थित तरिकाले हड्डी फालिएको छ, अब चाडै यसलाई हामी निराकरण गर्छौ । जेठ ३२ गते मसन्तका दिन वन कार्यसमितिको वैठक छ, त्यतिबेला सबैभन्दा पहिला हाडखोर व्यवस्थापन गर्नलाई जोड दिनेछु ।’ वैठकपछि हाडखोर (हड्डी) व्यवस्थापनलाई मासु व्यवसायी संघ र उपमहानगरसंग समन्वय गर्ने उनले बताए । अब चाडै निराकरण गर्ने पनि उनले बताए ।

hadkhor

विशेष गरेर राँगाको मासु काट्ने व्यवसायीहरुले जङ्गल परिसरभित्र हाडखोरको रुपमा पहिले देखिनै जम्मा गर्दै आएको धरान उपमहानगरपालिका मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बताए । आफु अध्यक्ष हुनुपूर्वदेखि त्यस स्थानमा हड्डी फाल्दै आएको उनले बताए । हिमाली सामुदायिक वनका अध्यक्षको आग्रहमा आफु स्वयम् त्यस स्थानमा निरीक्षण गर्न समेत गएको उनले बताए । उनले भने, ‘पछिल्लो समय उपमहानगरसंग समन्वय गरेर व्यवस्थित गर्ने सम्झौता भएको थियो, नगरपालिकाले प्रपोजल, आवश्यक संरचनाहरु निर्माण गर्नेहरुदेखि लिएर, सेफ्टी ढलान गर्नेसम्म कुराकानी अघि बढेको थियो ।’ लाङ्घाली सामुदायिक वन अत्यन्तै दुर्गन्धित बनेको उनले बताए । यसलाई समयमा नै व्यवस्थित गर्न सकिएन भने यसले ठुलो दुर्घटना निम्त्याउने बताए । त्यस पछाडी नगरपालिकाले हाडखोरको किमा बनाएर अग्र्यानिक मल बनाउने योजना बनाएको उनले सुनाए ।

उनले भने, ‘अब त्यो काम नगरपालिकाले गर्यो भने हड्डीहरु आफै व्यवस्थापन हुन्छ ।’ हार्डखोरका जिम्मा लिएका मासु व्यवसायी इलिआस अन्सारीलाई पनि कुकुरहरु नपस्ने खालको टीनले बार्न बारम्बार निर्देशन दिएको अध्यक्ष तामाङले बताए । अझै कार्यन्वयन भएको छैन । उनले भने, ‘स्थानीय सरकार आएको छ, उपमहानगरपालिकाले चासो दिएको छैन ।’ उपमहानगरले सस्ंथालाई सल्लाह सुझाव नदिएको उनले बताए । यता उपमहानगरका वातावरण अधिकृत भेषराज अधिकारीले मासु व्यवसायीहरुसंग छलफल गरिरहेको बताए । मासु व्यवसायसंग समन्वय गरेर अब चाडै नै व्यवस्थापन गर्ने उनले बताए ।