धरान: प्रहरीले धरान ११ मंगलबारे चोकबाट एक युवा र एक युवतीलाई लागुऔषधसहित आज शुक्रबार पक्राउ गरेको छ ।

दिउँसो करिब पौने ४ बजे मंगलबारे चोकबाट लागुऔषधसहित धरान ११ का २६ बर्षीय रोशन राई र १९ बर्षीय प्रशंसा गुरुङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसारमंगलबारे चोकमा शंकास्पद अवस्थामा फेला परेका दुवैको शरीर चेकजाँच गर्दा रोशन राईले बोकेको झोलाभित्र लागुऔषध फेला परेको थियो । उनले बोकेको झोलाबाट एभिल १८ एम्पुल, डाईजेल्याब १८ एम्पुल, लुपिजैसिक १८ एम्पुल गरी जम्मा ५४ एम्पुल फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुबै जनालाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।