पथरी : पथरी शनिश्चरे नगरपालिकास्थित सुन्दर सामुदायिक वनक्षेत्रमा एक व्यक्तिको शव भेटिएको छ ।

शव भेटिएको ठाउँ पथरी बजारबाट करिब डेढ किलोमिटर पुर्व हो । पुर्वपश्चिम राजमार्गबाट झण्डै १ किलोमिटर दक्षिण जंगलमा शव भएको प्रहरीले जनाएको छ । शवमा कुनै चोटपटक नदेखिएको स्थानीयबासीले बताएका छन् ।

शवको अनुहारलगायत अंगहरु सड्न लागेको अवस्थामा छ । मृतकले रातो टि सर्ट लगाएको र पेन्ट आधी खोलिएको अवस्थामा छ । घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट केहीबेर अघि मात्र प्रहरी पुगेको छ । जंगल गएका स्थानीयबासीले शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।