पथरी: पथरी शनिश्चरे नगरपालिका २ स्थित सुनदर सामुदायिक वन क्षेत्रमा हिजो सोमबार मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

मृत व्यक्ति मोरङकै रतुवामाई नगरपालिका ५ का ७१ बर्षीय प्रेमप्रसाद न्यौपाने भएको पहिचान खुलेको हो । मृतकको कपडाको आधारमा उनको परिवारले चिनेको प्रहरीले जनाएको छ । मृतक न्यौपाने गएको जेठ २८ गतेदेखि घरबाट हराएको पाइएको छ । उनी हराएको बारेमा परिवारजनले यसअघि नै खोजतलास तथा सुचना पनि प्रकाशन गरिसकेको थियो । मृतकका आफन्तजनले कपडाको आधारमा सनाखत गरेको र उनको पोष्टमार्टमलगायतका प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । पोष्टमार्टम रिपोर्ट पछि थप स्पष्ट हुने इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

हिजो सोमबार घाँस दाउरा गर्न गएकाहरुले जंगलमा शव देखेका थिए । मृतकको अनुहारलगायत शरीरको विभिन्न अंगहरु सडेको कारण चिन्न गाह्रो थियो । मृतकले लगाएको पेन्ट खोलिएको अवस्थामा शव भेटिएको थियो । उनको मृत्यु वा हत्या के भएको हो, यो रहस्यमा नै छ ।