धरान: बालुवा बाकेर आइरहेकये एक ट्रिपर धरान १५, स्थित विशाल चोकमा पल्टिएको छ ।

केही समयअघि सडकबाट पल्टिएर स्थानीयको मकैबारीमा ट्रिपर पल्टिएको हो । ट्रिपर पल्टिए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को १ ख ६३७७ नम्बरको ट्रिपर मोरङको केराबारीबाट बालुवा बोकेर धरानको फुस्रेतर्फ आइरहदा दुर्घटना भएको हो । ट्रिपर चालक धरान निवासी टंकबहादुर श्रेष्ठ हुन् । उनी पनि सामान्य अवस्थामा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

tripper-paltiyoo

सडकमा एकातिर बालुवा थुपारेर राखिएको र अर्को साइडतर्फ च्यापेर आउने हुदा सडकको छेऊ नै धस्सिएपछि ट्रिफर अनियन्त्रित भएर पल्टिएको ट्राफिक प्रमुख एवं इन्स्पेक्टर होमराज दाहालले जानकारी दिए । उनका अनुसार सडकमा बालुवा राखेको र माटोको ढिस्को पनि भएर त्यहाँ ट्रिपर जोतिएपछि अनियन्त्रित भएर पल्टिएको थियो । ‘पानी पनि परेको थियो, त्यही भएर एक साइड च्यापेर आउदा सडक धसिएर पल्टिएको जस्तो देखिन्छ । मकैबारीमा ट्रिपर उत्तानो छ,’उनले भने,‘धन्न ठुलो मानवीय क्षति चै भएन । चालक पनि सामान्य छन् ।’ तस्बिर स्रोत: अमर इजमको फेसबुक