पथरी:मोरङको पथरीशनिश्चरे वडा नं १० क्षेत्रमा डाँस र मोरङ्गी खोलाले कटान गरेको छ ।

खोलाले स्थानीयवासीको वस्ती र खेतसमेत कटान गर्न थालेको छ । अविरल वर्षाका कारण डाँसखोलामा आएको बाढीले डाँसखोला पुल क्षेत्र र देवीथान पूर्व उत्तरमा वस्तीतर्फ समेत कटान गरेको छ । मोरङ्गी खोलाले टोलको पुछार क्षेत्र कटान गरेको हो । कटान भएको क्षेत्रमा स्काभेटर लगाएर खोलाको धार परिवर्तनको प्रयास गरिने पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोलाले जानकारी दिइन् ।