इनरुवा: सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या गरिएको छ ।

भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । यादवको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुँयालले बताए । हत्यामा संलग्न मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।