पथरी: मोरङ्को पथरीशनिश्चरेमा एक महिलाको शव फेला परेको छ ।

पथरीशनिश्चरे १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा पहिचान नखुलेको महिलाको शव फेला परेको हो । स्थानीयले घाँस काटन जादा शव भेटेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले महिलाको शव फेला परेको भएपनि अनुहार चिनिनसक्ने अवस्थामा नभएको बताए ।

डाँस खोलाको नजिकै रहेको वनक्षेत्रमा भेटिएको शव कस्को हो भन्ने पत्ता लागेको छैन् । रुख मुनी भेटिएको शव माथि सल फेला परेको अधिकारीले जानकारी दिए ।manchhe