मोरङ: मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिक वनबाट प्रहरीले २ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ पौने ५ बजेको समयमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले बन्दुकसहित दुई व्यक्तिलाई पक्राउ गरेको हो । वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका ५, जहदा बस्ने बर्ष २६ को धनकेशर राई र उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष ४४ को शम्भु गहतराजको साथबाट भरुवा बन्दुक वरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवैलाई चेकजाँच गर्ने क्रममा लोड गरेर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक भेटिएको थियो । हतियारसहितपक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।तस्बिर: गुगल