झापा : झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी मलको भुईंतलामा रहेको इर्की शोरुमबाट भएको प्रहरीले जनाएको छ । बेलुका पसल बन्द गर्दा एसीको स्विच अन राखेकाले ज्यादा तातेर एसीबाट आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।
अन्य पसलहरुमा भने क्षति नभएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

67401724_489522308525427_7952327300836491264_n

67184691_396886054289834_5595447654805929984_n 67401724_489522308525427_7952327300836491264_n