पथरी :  अघिल्ला आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा पुर्व पश्चिम राजमार्गको वुढीखोला देखि मावा खोला सम्ममा दुर्घटना बृद्धी भएको तथ्याङ्ग भेटिएको छ ।

ट्राफिक प्रहरी कार्यालय पथरीका अनुसार अघिल्ला आर्थिक वर्ष भन्दा २०७५/०७६ मा ३ सय १२ सवारी दुर्घटनामा परेका छन् । यस क्षेत्रमा भएका दुर्घटनामा ६ महिला ५५ पुरुष १ बालक र २ बालिका गरि ६४ जनाको मृत्यू भएको हो । त्यस्तै २०७४/०७५ मा २ सय ७३ जनाको सवारी दुर्घटनामा मृत्यू भएको छ । त्यसमा १० जना महिला, ५२ जना पुरुष, ४ जना बालक र १ बालिका रहेका छन् । अघिल्लो बर्षको तुलनामा मृत्युको संख्या कम देखिए पनि दुर्घटना संख्या भने ३९ ओटा बढेको देखिन्छ । ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख मणीराम कोइरालाका अनुसार सवारीसाधनको चाप बढे  संगै दुर्घटनाको संख्या समेत बृद्धी भएको हो । २०७४/०७५ मा १ सय ९२ मोटरसाइकल, ६५ कार जिप भेन, ५९ बस, २९ ट्रक, १३ ट्याक्टर, ५ ट्याम्पो, १ ठेला रिक्सा र साइकल र ३५ अन्य दुर्घटना भएको छ । मोटरसाइकल २ सय ४६ दुर्घटना भएका छन भने ६४ कार जिप भेन , ४८ बस, ३१ ट्रक, २४ ट्याक्टर, १३ ट्याम्पो, ३१ ठेला रिक्सा र साइकल र १३ अन्य रहेको छन् ।

bus-accident

अघिल्लो आर्थिक वर्षको साउनमा ४९ वटा सवारी दुर्घटना हुदा ५ जनाको मृत्यु भएको थियो भने १२ जना गम्भीर घाइते भएका थिए । ति दुर्घटनामा ५० जना सामान्य घाइते भएका थिए । भदौमा भएका भिन्नाभिन्नै ४५ वटा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाएका थिए भने १४ जना गम्भीर घाइते भएका थिए । असोजमा ६ जनाको मृत्यु भयो भने ८ जना गम्भीर घाइते वने । कार्तिकमा ४३ वटा सवारी दुर्घटना हँुदा ६ जनाले ज्यान गुमाए भने १४ जना गम्भीर घाइते भए त्यस्तै ५१ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको भनाइ छ । मंसिरमा भएका ४४ वटा सवारी दुर्घटनामा यस क्षेत्रमा १४ जना गम्भीर घाइते, ४५ जना सामान्य घाइते भएका थिए । पुसमा ३३ वटा सवारी दुर्घटना, ५ को मृत्यु, ६ जना गम्भीर घाइते, १३ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्ग रहेको छ । माघमा २८ वटा सवारी दुर्घटनामा ५ को मृत्यु, ५ जना गम्भीर घाइते भए । फागुनमा २७ वटा सवारी दुर्घटनामा परि ४जनाले ज्यान गुमाए भने ६ जना गम्भीर घाइते, ३० जना सामान्य घाइते भएका थिए । चैतमा ३७ वटा सवारी दुर्घटना, ६ को मृत्यु, ११ जना गम्भीर घाइते, त्यस्तै बैशाखमा २८ वटा सवारी दुर्घटना, ७ को मृत्यु, ९ जना गम्भीर घाइते, १३ जना सामान्य घाइते जेठमा ३९ वटा सवारी दुर्घटना, ४ को मृत्यु, ९ जना गम्भीर घाइते, २९ जना सामान्य घाइते भएको सो कार्यालयले जनाएको छ ।

गत साउनदेखि जेठसम्म ४ सय ४ सवारी दुर्घटनाहुदा ५१ जनाको मृत्यु, १ सय ८ जना गम्भीर घाइते, ३ सय ४० सामान्य घाइत भएकोे ट्राफिक प्रहरीले जनाएको छ । पैदल यात्री, सवारी चालक, सहचालकलगायत सरोकारवालाहरुले ट्राफिक नियम पालना नगरेकैले दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ रहेको छ । पुर्व पश्चिम राजमार्गमा भएका खाल्डाखुल्डीका कारण धेरै दुर्घटना भएको प्रहरीको भनाइ छ ।