झापा: झापाको भद्रपुर विमानस्थलबाट थ्रीनट थ्री राइफलको गोलीसहित आज एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका ४ बस्ने ३१ बर्षीय सुरेन राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । आज दिउँसो २ बजे विमानस्थलमा चेकजाँचका लागि खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनी सौर्य एयरलाईन्सको बिमानबाट काठमाण्डौ जान लागेका थिए ।