विराटनगर : मोरङमा प्रहरीले बिभिन्न होटलहरुबाट शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

विभिन्न होटल, लज तथा गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।