धरानः धरानकी अग्रणी समाजसेवी विष्णुमाया याक्खाको निधन भएको छ ।

धरान १६ निवासी याक्खाको ७० वर्षको उमेरमा मंगलबार उनको निधन भएको परिवारजनले जनाएको छ । उपचारको क्रममा याक्खाको राजधानीमा निधन भएको थियो । उनी थुप्रैं सामाजिक संघसंस्थामा आवद्ध थिइन् । उनको घर धरान १६, अन्नपुर्ण चोकमा रहेको छ ।

मृतक याक्खा किरात याक्खा छुम्माकी केन्द्रिय सदस्य, लायन्स क्लब अफ दन्तकाली, शारदा बालिका माविमा आजीवन सदस्य, रेडक्रसलगायत थुप्रै संघसंस्थाहरुमा आवद्ध थिइन् । उनको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा उपचारपछि डाइलायसिसका लागि सुमेरू हस्पिटलमा पुर्याएपछि निधन भएको परिवारजनले जनाएको छ । स्वर्गीय याक्खाको तीन छोरा छन् । उनको पार्थिव शरीरलाई बिहीबार चक्रघट्टीमा रहेको फर्ममा राखिने बताइएको छ ।