धरान : सिद्धि नेवाः परिषद् धरानले एम्बुलेन्स सेवा शुरु गरेको छ । धरान भित्र र धरान भन्दा टाढा रहेको विरामीहरुको सुविधालाई ध्यानमा राखेर नयाँ र सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गरिएको हो । एम्बुलेन्समा अक्सिजन सुविधा, एसी सुविधा, आगो निभाउने ग्यास, लगायत विरामीको लागि आवश्यक ईक्यूपमेन्टहरु जडित छ ।
आमा ईन्द्रकुमारी श्रेष्ठ र बुबा लाल प्रसाद श्रेष्ठको स्मृतिमा धरान १ निवासी छोराहरु धु्रव श्रेष्ठ, द्वारिका श्रेष्ठ र युगल श्रेष्ठले सिद्धि नेवाः परिषद्लाई प्रदान गरेको परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बताए ।
उक्त एम्बुलेन्स टाटा कम्पनी भएको र भन्सार छुट गरी जम्मा रु १८ लाख लागतमा खरिद गरी सञ्चालनमा उपाध्यक्ष मदनमान् अमात्यले जानकारी दिएका छन् । एम्बुलेन्स सुविद्या सर्वसाधरण सवैको लागि प्रदान गरिने र आर्थिक अवस्था कमजोर भएको विरामीलाई आवश्यकता अनुसार विशेष छुट र निःशुल्क गरिने परीषद्ले जनाएको छ ।
यस अघि पनि सिद्धि नेवाः परिषद्ले मृत्यू भएकाहरुलाई अस्पतालबाट घर सम्म ल्याउन तथा दाहसंस्कार स्थल सम्म पु¥याउने सुविधा प्रदान गर्न शव वहान सेवा पनि संचालन गर्दै आएको छ । उक्त शव वहान पनि परिषद्लाई चैनपुरका कृष्णगोपाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठले प्रदान गरेको परिषद्का पूर्व सचिव केशव श्रेष्ठले जानकारी गराए ।