धरान: आज दिउँसो करिब ४ बजेदेखि आकाशमा २ वटा अनौठो वस्तु देखियो । दुई घण्टा भन्दा बढी देखा परेको उक्त वस्तु के हो ? भन्ने सर्वत्र चासो व्यक्त भएको छ ।

आकाशमा दिउँसै चम्किलो वस्तु देखिएको थियो । धेरै जनाले सामाजिक सञ्जाल फेसबुकमा उक्त वस्तुको तस्बिर पोष्ट गर्दै आश्चर्य व्यक्त गरेका छन् । धरानमा ठिक माथि र विराटनगर क्षेत्रमा गरी २ वटा चम्किलो वस्तु देखिएको थियो । धरान र विराटनगरबाट पनि चम्किलो वस्तुको तस्बिर पोष्ट गर्दै के हुनसक्छ भनेर पोष्ट गरेका छन् ।

क्षुद्रग्रह हुनसक्छ

केही अन्र्तराष्ट्रिय सञ्चारस्रोतका अनुसार २८ अगष्टमा २ वटा क्षुद्रग्रह पृथ्वी नजिक देखिएको बताइएको छ । ती दुईको नाम २०१९ QS र २०१९ OU1 राखिएको समाचारमा उल्लेख छ ।

समाचार स्रोत:

https://weather.com/en-IN/india/science/news/2019-08-29-asteroid-duo-flies-past-earth-august-28

ulka