सप्तरी: सप्तरीको हनुमाननगर ककालिनी नगरपालिका ३ स्थित गिटखोरामा ७ फिट लम्बाईको अजिंगर फेला परेको छ ।

स्थानीयले खाडलमा माछा मार्ने क्रममा बिहिबार बिहान यो अजिंगर फेला पारेका थिए । अन्दाजी ७ फिट लम्बाई भएको यो अजिंगरको वजन १० किलो रहेको छ । यो अजिंगरको बच्चा भएको बताइएको छ ।स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय भारदहको टोली पुगेर नियन्त्रणमा लिएको थियो ।

गाउँलेहरुको सहयोगमा अजिंगरलाई नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाइएको इलाका प्रहरी कार्यलाय भारदहले जानकारी दिएको छ । प्रहरी कार्यालयका अनुसार ईलाका वन कार्यलय रुपनगरका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई उक्त अजिंगरको बच्चा सकुशल बुझाईएको थियो ।

ajingarr