पथरी: मोरङ्गको पथरीशनिश्चरे १० जिरीखिम्तीमा जंगली हात्तीको उपद्रोका कारण आधा दर्जन घरमा क्षती पुर्याएको छ ।

स्थानियवासीको घरमा आएका जंगली हात्तिको समुहले धान मकै र जाड नष्ट गरेका छन् । जिरिखिम्तीका योगमाया घिमिरेको घरको भित्ता भत्काएको छ । यस्तै खडानन्द खतिवडाको घर दिवाल भत्काएर धेरै क्षती गरेको हो । यसैगरी, पुष्प दर्जी, इन्द्रवहादुर कार्की, चन्द्रमाया दियाली र नर वहादुर कटुवाल लगायतको घरमा क्षती पुर्याएको हो । गत राती ५ वटा समुहमा आएको हातीले ति घरमा क्षती पुर्याएको हो ।

स्थानियवासीका अनुसार रातीको समयमा आएका हात्तीले घरमा रहेको मकै, धान खाएको र घरमा नै क्षती पुर्याएको हो । यसै विच हात्तीले क्षती पुर्याएको स्थानको निरीक्षण गरि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले क्षती भएका परिवारलाई राहत दिने वताए ।

pathari-elephant1

elephant