झापा : नेपालीहरुका ठुला चाडपर्व दशै, तिहार तथा छठ नजिकिएसंगै प्रत्यक्ष जनस्तरसंग जोडिएको स्थानीय तहका सरकारहरुले बजार अनुगमनलाई तिब्रता दिएका छन् ।

१५ वटा स्थानीय तहहरु रहेको झापाको माईपश्चिम ५ वटा स्थानीय तह रहेका छन् । त्यसमा पनि दमक नगरपालिका, कमल गाँउपालिका र शिवसताक्षी नगरपालिका मात्र मुख्य राजमार्गसंग जोडिएका छन् । गौरादह नगरपालिका र गौरीगंज गाँउपालिका भने मुख्य राजमार्गभन्दा केहि किलो मिटर टाढाको दुरीमा रहेका छन् । नेपालीहरुका ठुला चाँडपर्वहरु धमाधम नजिकिदै छन् । उपभोक्ताहरुले चाँडाबाडकालागि आवश्यक सामाग्री जोहोमा लागि सकेका छन् । यहि मौकामा व्यावसायिहरु पनि राम्रो मुनाफा कमाउने दाउमा देखिएका छन् । अहिले झापामा मात्र नभएर मुलुक भरनै संघीय सरकारदेखी प्रदेश सरकार सम्मले पनि बजार अनुगमन गरिरहेको छ । तर पनि बजारमा खासै प्रभाब परेको देखिदैन । अहिलेपनि बजारमा बग्रेल्ति अखाद्य बस्तुहरु देखी मिति गुज्रिसकेका खाद्य सामाग्री खुलम खुल्ला बिक्रि बितरण भइरहेको छ ।

शहरका ठुला बजारमा भन्दा ग्रामिण बजारमा बढि अखाद्य वस्तु

झापाको कमल गाँउ पालिकाले केहि समय अघिमात्र ५ दिन सम्म गाँउपालिका भरीका मुख्य राजमार्गमा जोडिएका देखी ग्रमिणभेग सम्मका ठुला तथा साना बजारहरुमा पाँच दिन सम्म अनुगमन गर्यो । गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी संयोजक रहेको समितिले कमल गाँउपालिका अन्र्तगतका क्याम्पा, सरङपाडा, बाँसबारी, समयगढ लगाएका भित्रि बजारमा समेत अनुगमन गरेको थियो । समितिले अनुगमनका क्रममा मिति नाघेका तथा अखाद्य बस्तुहरु ति वजारमा प्रशस्त फेला पार्यो । मुख्य राजमार्गसंग जोडिएका बजारहरुमा भन्दा भित्रि बजारमा बढि मात्रामा मिति नाघेका, मानव स्वास्थ्य लाई प्रत्यक्ष हानिगर्ने बिभिन्न सरायन तथा रङहरु मिलाइएका खाद्यन्य तथा पेयपदार्थहरु फेलापरेको गाँउपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बेणु शिवाकोटीले बताए ।

डिलर तथा थोक बिक्रेताको बदमासी : अखाद्य वस्तु गाउँका बजारमा

0 19

विभिन्न कम्पनीका डिलर तथा थोक विक्रेताहरुले मुख्य राजमार्ग आसपासका बजारमा त्यस्ता वस्तु बिक्रिगर्दा अनुगमनका क्रममा बढि जोखिम उठाउनु पर्ने डरले गाँउका बजारहरुमा पुर्याएर बिक्रि गर्नेगरेको पाइएको छ । अनुगमन समितिको सजिलै आँखा छल्न सकिने नियतले ति डिलर तथा थोक बिक्रेताहरुले मिति नाघेका तथा बढि अखाद्य बस्तुहरु गाँउ गाँउमा रहेको साप्ताहिक हाट बजार सम्म पुरयाए बेच्ने गरेको अनुगमनका क्रममा पाइएको छ ।

गाउँका व्यापारीमा व्यावासायिक ज्ञानको अभाव

ग्रामिण भेगका हाट बजारमा व्यावसाय संचालनगरेका बसेका व्यापारीहरु धेरैमा व्यासायिक ज्ञानको अभाब रहेको पाइएको छ । यि क्षेत्रका अधिकांश व्यावासायिलाई व्यवसायप्रतिको न्युनतम ज्ञानको समेत अभाब भएको भेटिएको छ । कतिपय व्यापारीहरुलाई आफुले विक्रिगर्ने वस्तुको उपभोग मिति हुन्छ र त्यो हेरेर मात्र बिक्रिवितरण गर्नुपर्छ भन्नेसम्मको पनि ज्ञान छैन । यसैको फाईदा उठाउदै टाठा बाठा र ठुला व्यापारीहरु उनिहरु मार्फत त्यस्ता बस्तु उपभोक्ताका घर घरमा पुरयाईरहेका छन् ।
विगत लामो समयदेखि कमलगाउपालिकाको समयगढ व्यावसाय गर्दै आउनु भएका अशोक कार्कीले आफनो व्यावसायिक जिवन पहिलो पटक आफुले गरेको व्यावसायको अनुगमन गरेको अनुभब सुनाए । कार्कीले यसरी गरिने अनुगमनलाई मौषमी मात्र नभएर सदाबहार बनाउनुपर्ने सुझाब समेत दिएका छन ।

यसैगरि समयगढका अर्का व्यापारी राजकुमार लावतीको पनि अनुभव र भनाई कार्की जस्तो रहेको छ । लावतीमा उपभोत्तालाई बिक्रि गरिने समाग्रीमा उपभोग मिति हुन्छ अनि त्यसैको आधारमा विक्रि बितरणगर्नु पर्छ भन्ने पहिलो ज्ञान पनि यहि अनुगमन समिति बाट पाएका छन् । लावती पनि स्थानीय सरकारले शुरुगरेको अनुगमन अतिनै राम्रो कार्य भएकालाई यसलाई अझ प्रभाबकारी बनाउनुपर्ने बताउँछन् । बजार अनुगमनलाई चाँड पर्वमुखी मात्र नभएर आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै नियमित अनुगमन गर्न लावतीले सुुझाब दिएका छन् ।