पथरी : वन्यजन्तु शिकार गरेको आरोपमा पथरी प्रहरीले २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मारेको ३ वर्ष उमेरको मृत चित्तललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ्गको पथरी शनिश्चरेको हरियाली सामुदायीक वन क्षेत्र भित्र पासो थापेर चित्तल मारेको आरोपमा पथरी शनिश्चरे -१ का चित्र कुमार श्रेष्ठ र भोजपुर घर भइ पथरी शनिश्चरे -१ मै वस्ने विश्ववन्धु भन्ने (विवस राई) लाई मृत चित्तल सहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार उनीहरुका साथ वाट खुकुरी,छाला काटने कर्द र वन्यजन्तुलाई पासो थाप्न प्रयोग हुने डोरी नियन्त्रणमा लिइएको हो ।

उनीहरुले केहि समय अघि देखी पासोमा पारेर वन्यजन्तुको शिकार गर्दै आएको सुचनाकै आधारमा प्रहरी र सामुदायीक वनका पदाधीकारीले उनीहरुलाई पक्राउ गरेको हो ।