झापा : प्रहरी प्रधान कार्यालयले ३० जना एसपीहरूको सरुवा गर्ने क्रममा झापाको प्रहरी प्रमुखको पनि सरुवा गरेको छ ।

मङ्गलवार प्रहरी महानिरीक्षक स्तरीय बैठकले एसपीहरूको सरुवा गर्ने क्रममा झापाको प्रहरी प्रमुखमा एसपी सानुराम भट्टराईले जिम्मेवारी पाएका हुन।

भट्टराई डिएसपी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ रहेका थिए ।

झापाका एसपी कृष्णराज कोइरालाको काठमण्डौमा सरुवा भएको छ । मध्यावधि निर्वाचन घोषणा भएको अवस्थामा अहिलेको सरुवालाई महत्त्वका साथ हेरिएको छ।