धरान : पत्रकार लगायत विभिन्न व्यक्तिको फेसबुक ह्याक गर्न संलग्न भएका मध्ये दुई जनालाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको हो ।

पत्रकार खेम बुढाले आफ्नो फेसबुक ह्याक गरी आफन्तबाट रकम सापटी लिएको आरोपमा उजुरी हाले पछि प्रहरीले सुनसरीको दुहबी नगरपालिका-५ का २० वर्षीय हृतिक कुमार कलवार र इटहरी उपमहानगरपालिका-१२ खनारका २४ वर्षीय सरेन्द्र चौधरीलाई केही दिन अघि नियन्त्रणमा लिइएको हो।

फेसबुक ह्याक गरेर आफन्त र साथीभाइबाट रकम असुल गरेको उजुरी परेपछि थालिएको अनुसन्धान एवं कारबाहीका क्रममा दुई युवालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । सामाजिक सञ्जाल ह्याक गरी रकम सङ्कलन गरिरहेको गिरोहका दुई सदस्यलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

प्रहरीले उनीहरू विरुद्ध साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरेको छ । त्यस क्रममा नेपाल राष्ट्र बैङ्क, एनआईसी बैङ्क, ईसेवालगायतको ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ।

प्रहरीले किन खोल्छन् फेक फेसबुक ?

प्रहरी प्रधान कार्यालय काठमाण्डौकै अनुमति लिएर प्रहरीको कमान्डमा जानकारी गराएर अनुसन्धान गर्ने क्रममा फेक फेसबुक खोल्न थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कुनै बेला अनुसन्धानका प्रहरीलाई मद्दत गर्छ।

सुनसरी प्रहरीले पनि मेरो यो नयाँ आइडी हो म ...... नामको तेरो साथी हो। अर्को फोन प्रहरीले लगेको छ त्यसैले यहाँबाट बोलाएको भनेर फेक फेसबुक प्रयोग गरी लागुऔषधको गिरोहलाई पक्राउ गरेको थियो । भने प्रहरीले बनाएको फेक फेसबुक कै माध्यबाट सामाजिक सञ्जाल फेसबुकको माध्यम बाट यौनजन्य गतिविधि गर्ने गराउनेलाई होटेलमा बोलाएर होटेलबाट नै पक्राउ गर्न सफल भएको थियो।

सामाजिक सञ्जालमा पनि अदृश्य रूपमा धेरै आर्थिक, तथा अश्लील तस्बिर प्रयोग गर्न, पैसा यति दिन्छु भन्दै शारीरिक सम्पर्कको गर्न लगाउने थालेकाले धेरैको घर परिवार व्यापार छाडेर नै व्यक्ति नकारात्मक कार्यका संलग्न भएपछि प्रहरीले यस्ता आइडी बनाएर अपराधमा संलग्नलाई पक्राउ गर्न थालेको प्रहरी प्रधान कार्यालयका एसपी विश्व अधिकारी बताउँछन्।

एसपी अधिकारी भन्छन् यस्ता आइडीमा प्रयोग गर्ने तस्बिरहरू सम्बन्धित व्यक्तिको अनुमति मा नै राख्ने गरेको उनी बताउँछन्। यसरी खोलेका आइडीबाट प्रहरीले धेरै सफलता हात पारेको छ । बिग्रिएको परिवार पनि सुधारेको उनी बताउँछन्। यस्ता आइडी प्रहरीले आफ्नो हो नै जस्तो गरी, स्वर परिवर्तन गरेर, फेस परिवर्तन गरेर चलाउँछन् भने काम सके पछि बन्द गर्ने गरेका छन्। प्रहरीले नराम्रो यस्ता आइडी प्रयोग गरेर अरूलाई दुः ख दिने काम गर्दैन कसैमाथि शङ्का लागेका यस्ता आइडी प्रहरीको साधन बन्ने गरेको प्रहरीको भनाई छ ।

सामाजिक सञ्जालमा अरूको विश्वास गर्ने विवाहको आश्वासन दिने, भेट्न बोलाउने, राती राती कुरा गर्ने , रिचार्ज हाल्दिने, विवाह गरेकाले विवाह नगरेको बताउने लगायतका कुरामा सबै पुरुष नै भएको पुरुषले नै सामाजिक सञ्जालको दुरुपयोग गर्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन्। प्रहरीले एक सूचना जारी गरेर पनि सामाजिक सञ्जालका नचिनेको मान्छेले रिक्योस्ट पठाएका वा चिट्ठा परेको छ भनेर म्यासेज गरेका विश्वास नगर्न आग्रह गरेको छ । शङ्का लागेका नजिकैका प्रहरी सँग सोधपुछ गर्न पनि आग्रह गरेको छ ।

पत्रकारका नक्कली आइडी बनाएर यति पैसा दिनु नभए समाचार हालिन्छु भनेर भन्ने, आफू भाइरल हुने कलाकारका नक्कली आइडी बनाउने र प्रेम प्रस्ताव राख्ने, राजनीति गर्ने व्यक्तिको गर्ने अन्य पाटीलाई जथाभाबी लेख्ने कार्य नगर्न नक्कली फेसबुक आइडी टिकटक नबनाउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । नेपाल प्रहरीको बर्दी लगाएर बनाएका टिकटक भिडियोप्रति ध्यानाकर्षण भएको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको 'आइ लभ यु बुढी गुड नाइट’ भन्ने अभियान

प्रहरीले कहिले काहीँ केही फरक काम गर्ने गर्छन्। केही वर्ष अगाडी एसपी होबिन्द्र बोगटीले प्रहरीमा श्रीमान् भएकाहरूले आफ्नो श्रीमतीलाई आइ लभ यु बुढी गुड नाइट भन्नु नै पर्ने भन्ने धारणा पनि ल्याएका थिए । प्रहरीका श्रीमतीले पनि आफ्नो श्रीमान्लाई आइ लभ यु बुढा गुड नाइट भन्थे। उपत्यका प्रहरीहरूले आइ लभ यु बुढी गुड नाइट भन्ने सिस्टम नै बनाएका थिए ।

दिनभरि काममा व्यस्त हुने र प्रहरी श्रीमती सँग बोल्न नपाउने, भरपुर सुत्न नपाउने र गलिने प्रहरीहरूलाई शङ्का गर्ने भएकाले श्रीमान् र श्रीमतीको सम्बन्ध प्रगाढ पार्ने प्रहरीले यो अभियान चलाएको हो। पूर्वका प्रहरीहरूले पनि यो अभियानलाई प्रयोगमा ल्याएका थिए भने प्रहरीका श्रीमतीहरूले बुढा आज त फोन नै आएन त भन्दै सम्झाउने गर्थे।