धरान : धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले खेलकुद ग्रामको लागी सक्रियता देखाएकी छिन् । नेपाल सरकार खेलकुद मन्त्रालयका योजना महाशाखा प्रमुखलाई भेट गरेर उनले स्पोर्टस भिलेज निर्माण कार्य अगाडी बढाउन पहल गरेकी हुन् । 
योजना महाशाखा प्रमुख विदुर खनाल पूर्व भ्रमणमा आएको अवसरमा ध्यानाकर्षण पत्र बुझाएर उनले निर्माणको प्रक्रिया अगाडी बढाउन आग्रह गरिन् । उपमहानगरले यसअघि नै डिपिआर तयार पारिसकेकाले निर्माणको लागी मन्त्रालयको बजेट आवश्यक पर्ने भण्डारीले बताइन् । उनका अनुसार धरान १७ को ४ विगाह क्षेत्रमा बन्न लागेको खेलकुद ग्राम खेलकुद क्षेत्रको नमुना क्षेत्रको रूपमा चिनिने छ । 
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष घनश्याम बुढाथोकी सहितको भेटघाटमा प्रमुख खनालले चाडै यस विषयमा प्रक्रिया अगाडी बढाइने बताइन् । भारतका विभिन्न सहरको भ्रमण गर्ने क्रममा कर्नाटक सिटीमा खेलकुद ग्राम देखेपछि त्यही मोडेल अपनाउन लागेको उनको भनाई छ । खेलकुद ग्राम खेल मैदान मात्र नभएर खेलकुद पढाउने विद्यालय समेत रहेको उनले प्रस्ट पारिन् ।
manju-bhandari