धरान : धरानमा बिहीबार बिहान १० बजे सम्म खसेको मतको कुल ४६.८४ प्रतिशत मतगणना भइसकेको छ। अहिले सम्म २९ हजार ४ सय  ६६ मत गणना हुँदा सम्म स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङ्ग राईले ८५०९ मत ल्याएर अगाडी रहेका छन् । 
नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ६ हजार ८ सय ५८ मत ल्याएर तेस्रो स्थानमा सङ्घर्ष गर्दै छिन्।  किशोर राई  दोस्रो स्थानमा रहेका छन् । किशोर राईले ८ हजार ३ सय ६२ मत ल्याएका छन्। गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र एमालेकी मञ्जु भण्डारी सुबेदी बिच १५ सय ०४ मतान्तर रहेको छ । 
किशोर राई पनि हर्क साम्पाङ्ग राईलाई पछ्याउँदै  साम्पाङ्ग भन्दा १ सय ४७ मतले पछाडि रहेका छन्। यसैगरी उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा ९ हजार ४ सय ३० मतका साथ अगाडी छन् भने नेकपा एमालेका पदम इस्बो लिम्बुले ९ हजार ७९ मत प्राप्त गरेका छन् । उनी ३ सय ५१  मत पछाडि रहेर बेघालाई पछ्याउदैछन्।