इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली काँग्रेसका दिवस पोखरेल विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार उमेश पौडेललाई ३०३ मतले पछि पार्दै पोखरेल विजयी भएका हुन्।
शुक्रवार बिहान सम्पन्न मतगणना अनुसार पोखरेलले १ हजार ३ सय ४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी  पौडेलले १ हजार १ मत प्राप्त गरे । प्रतिष्ठाको रूपमा हेरिएको ६ नम्बरमा पुनः काँग्रेसले नेतृत्व गर्ने भएको छ। 
२०७४ को निर्वाचनमा काङ्ग्रेसकै दीपक गौतम विजयी भएका थिए । इटहरीको मुख्य बजार क्षेत्र भित्र पर्ने ६ नम्बरले मेयरमा पनि काँग्रेस उम्मेदवार हेमकर्ण पौडेललाई फराकिलो मत सहित अगाडि बढाएको छ ।
महिला सदस्यमा रमला तामाङले १  हजार २ सय ३० मत र दलित महिला मिना रसाइलीले १ हजार २ सय ३६ मत ल्याउँदै विजय हासिल गरेका छन्।
यसैगरी खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसकै दिनेश प्रधानले १ हजार २  सय ७० मत सहित विजयी बनेका छन् । उता नेकपा एमालेबाट वडा सदस्यमा विजयी बनेका लक्ष्मी प्रकाश श्रेष्ठले १ हजार १ मत ल्याएका छन्।