धरान : धरान उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेको प्यानललै विजयी भएको छ । 

वडाध्यक्षमा नेकपा एमालेबाट नेत्रप्रसाद काफ्लेले १५७३ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काँग्रेसका पेम्बा तामाङले ११९५ मत प्राप्त गरेका थिए । काफ्ले ३७८ मतका साथ फराकिलो मतान्तरले विजयी भएका हुन् । उनी यस भन्दा पहिले २०७४ सालमा पनि निर्वाचित वडाध्यक्ष हुन् । 

यसैगरी वडा सदस्यमा महिला सदस्य तर्फ सुन्दरी श्रेष्ठ १३४२, दलित महिला सदस्यमा उर्मिला परियार १३५९, खुल्ला सदस्य तर्फ तारा तामाङ गोले १२३२ र सन्तोष राई १४३६ मत प्राप्त गरी विजयी भएका हुन् । उर्मिला परियार र सन्तोष राई यस भन्दा अघिको पनि निर्वाचित जनप्रतिनिधि हुन् ।