चतरा : वराहक्षेत्र-५ मा गठबन्धनको तर्फबाट काँग्रेसका २८ वर्षीय रोहित काफ्ले वडाध्यक्षमा विजयी भएका छन् । 
नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ समितिका सह-सचिव, विद्यार्थी सङ्घ केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय इकाई समितिका सह-सचिव समेत रहेका काफ्ले एमालेको गढलाई भत्काउँदै काङ्ग्रेसबाट वडाध्यक्षमा विजयी भएका हुन। 
काफ्लेले निकटतम प्रतिस्पर्धा नेकपा एमालेका देबेन्द्र बहादुर विष्टलाई ३९ को मतान्तरले पछाडि पारेका थिए।
कुल ४४ सय ९९ मत खसेको वडामा काफ्ले १७ सय ४५ मत प्राप्त गरेका थिए। एमालेका देबेन्द्र बहादुर विष्टले १७ सय ६ मत प्राप्त गरे भने वडा सदस्यमा सबै एमालेका उम्मेदवारहरू विजयी बनेका छन् । 
प्रस्ट वक्ता मिजासिला स्वभाव भएका काफ्ले भ्रष्ट्राचार र अनियमितलाई न्यूनीकरण गरी वडा विकासको लागि योजना बनाएर अगि बढ्ने बताउँछन् ।