विराटनगर : सुजुकी फोरह्वीलरको आधिकारिक विक्रेता रेजेन्ट मोटर्सले विराटनगरको कञ्चनबारीमा रहेको शोरुममा सुजुकीको नयाँ गाडी लन्च गरेको छ । सुजुकीले २०२३ मोडलमा नयाँ ब्रेजा सेग्मेन्ट अन्तर्गतको जेडएक्स्आई लन्च गरेको हो ।
सन् २०२३ मा दुई नयाँ गाडी लन्च गर्ने तयारी रहेकोमा हाल न्यु बे्रजा जेडएक्साई लन्च गरेको सुजुकी सोरुम फोरह्वीलर रेजेन्ट मोटर्स विराटनगरका सेल्स म्यानेजर सुमन कार्कीले बताए । ब्रेजा जेडएक्स्आई स्मार्ट हाइब्रिड रहेको कार्कीले जानकारी गराए ।
२०२२ अघिका ब्रेजामा फ्युल भेरियन्ट मात्र रहेकोमा नयाँ भेरियन्टमा ‘फ्युल प्लस ब्याट्री’ रहेको कार्कीले जनाए । यसले गाडी अझ वातावरण मैत्री भएको उनले बताए । गाडीमा रहेको ब्याट्री तथा इन्धनले एक साथ काम गर्ने भएकाले भरपर्दो र विश्वसनीय रहेको जनाइएको छ ।
सुजुकीले देशैभरमा नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक गरेको छ। नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार एक कार्यक्रम गरी ती दुई गाडी सार्वजनिक गरेको थियो। 
सुरूआती चररणमा यी गाडी किन्ने ग्राहकले गाडीको भेरियन्टअनुसार ४१ लाख १९ हजारदेखि ८५ लाख २९ हजारसम्ममा पाउँछन्।
यस्ता छन्, सुजुकीले सार्वजनिक गरेको नयाँ गाडीको विशेषताः
न्यू ग्राण्ड भिटारा 
यो कलात्मक डिजाइन गरिएको गाडी हो। यो गाडी विद्युत र पेट्रोल दुवैबाट चल्छ। यसले २७।९७ किलो मिटर माइलेज दिन्छ। यसमा रंगिन हेड्स अप डिस्प्ले जडान गरिएको छ। चालक र सहचालक दुवैका लागि भेन्टिलेटेड सिट प्रयोग गरिएको छ। यसमा ६ वटा एयरब्याग छन्। गाडीको चार वटै चक्कामा डिक्सब्रेक जडान गरिएको कम्पनीले बताएको छ। 
न्यू ब्रेजा 
यो गाडी चालकको आराम र सुविधालाई ध्यान दिई डिजाइन गरिएको छ। यसमा प्रयोग गरिएको फराकिलो सिटले लामो यात्रा गर्न सहज हुन्छ। यसमा रंगीन हेड्सअप डिस्प्ले जडान गरिएको छ। ग्राहकले यो गाडीको खरिदमा क्युआई प्रमाणित वायरलेस चार्जर पाउँछन्। गाडीमा ६ वटा एयरब्याग जडान गरिएको छ। यसको सबै भेरियन्टमा इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट प्रणाली जडान गरिएको छ। 
नेपाली बजारको लागि ग्रान्ड भिटारा निकै प्रतिक्षित एसयुभी हो। कम्पनीले यसको लागि गत महिनादेखि नै प्रि–बुकिङ खुलाएको थियो।   
विराटनगर शोरुममा लन्च भएकै दिन बुकिङ्ग गरेका उमेश शाहले आफु निकै उत्साहित रहेको बताए । गाडी लिन परिवारसहित उपस्थित भएका उमेशले भने, ‘नयाँ मोडलको विशेषतायुक्त गाडी किन्न पाउँदा धेरै खुसी छु ।’