धरान : यामाहाको नयाँ हाइब्रिड स्कुटर यामाहा रे जेडआर १२५ सिसी स्कुटर शुक्रवार धरानमा बिक्री वितरण सुरु भएको छ ।

धरानमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता विजयपुर ट्रेडसले काठमाडौँ उपत्यका बाहिर पहिलो भव्य शोरुमबाट विक्री वितरण सुरु गरेको हो । यमाहाको धरान स्थित नयाँ शोरुम देशकै दोस्रो अत्याधुनिक र सुविधा सम्पन्न भएको कम्पनीको दाबी छ।

शोरुममा नयाँ हाइब्रिड स्कुटर सङ्घीय प्रहरी इकाई कार्यालयका एसपी भीम दाहालले सार्वजनिक गरेका हुन् । यामाहा नेपालले बहुप्रतिक्षित यामाहा रे जेड आर १२५ सिसी हाइब्रिड स्कुटरको बजार मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ कायम गरेको विजयपुर ट्रेर्डसका प्रबन्धक निर्देशक प्रभाव खतिवडाले बताए ।

स्कुटरमा हाइब्रिडको बेसिक मोडल स्ट्याण्डर्ड रियर ड्रम साथै हाइब्रिड स्मार्ट मोटर जेनेरेटर सहितको हाइब्रिड ४ ट्रिम उपलब्ध छ ।

स्कुटरमा डिजिटल ईन्स्ट्रमेन्ट क्लस्टर, स्टाण्डर डिलक्स प्रिमियम र प्रिमियर प्लस सहित शक्तिशाली एयर कुल्ड फुयुल ईन्जेक्टेड १२५ सिसी ब्लु कोर इन्जिन जडान गरिएको छ । ईलेक्ट्रेनिक पावर सपोर्ट सिमलेस एकीकरणले इन्धन बचत समेत गर्ने दाबी गरिएको छ  ।

धरानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता विजयपुर ट्रेर्डसले असार १७ देखि २२ गते सम्म यामाहा एक्सचेन्ज अफरको मिति समेत तोकेको छ ।

कुनै पनि ब्राण्डका मोटरसाइकल, स्कुटरहरू यामाहाको मोटरसाइकल तथा स्कुटरसँग पुरानो मोटरसाइकल वा स्कुटरको बजार मूल्याङ्कन भन्दा  ७ हजार र त्यस भन्दा बढी मुल्याकंन गरिने छ ।

स्कुटरको २ आर्थिक वर्षको कर तिरिदिने, नयाँ खरिदमा  ७ हजार छुट सहित  हेलमेट तथा रेनकोट उपहारका साथै शून्य प्रतिशत व्याजमा फाइनान्स सुविधा पाइने प्रबन्ध निर्देशक खतिवडाले बताए ।

Yahama-Bhim-DahalYamaha-New-Showroom-Dharan