धरान : दमक-५ सुकुम्बासी टोलबाट प्रहरीले बिहीबार दिउँसो लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २४ वर्षीय समिर गजमेर, २४ वर्षीय रोशन माझी, दमक-६ का २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली-४ का २३ वर्षीय सागर लिम्बु छन् । 

उनीहरूलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरे जनाएको छ ।

सुकुम्बासी टोल स्थित समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार भइरहेका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले घरको खानतलाश गर्न लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको छ ।