धरान : इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले आज मध्यरात १ बजेको समयमा उदयपुरको कटारी-६ देउली कुनाबाट अवैध लागुऔषध गाँजा ३८ केजी सहित २ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका-१ बस्ने ३२ वर्षीय गणेशबहादुर मगर र ३३ वर्षीय वीरबहादुर मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरूलाई १९/१९ केजी गाँजा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ ।