धरान : झापाको अर्जुनधारा नगरपालिका-१० की श्रीमती ७५ वर्षीय दिलकुमारी राईको आगोले जलेर महिलाको मृत्यु भएको छ ।

हिजो बिहीबार राती ८ बजेको समयमा ७३ वर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनको श्रीमती राईको जलेर घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आगलागीको खबर प्राप्त भए लगत्तै अस्थायी प्रहरी पोस्ट सालबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा परेर घाइते भएका शिव कुमार राईको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।