इटहरी : इटहरी जेसीज वर्ष २०२४ को‌ अध्यक्षमा सुमन सुवेदी चयन भएका छन् । आगामी कार्यकालको लागी सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको हो ।

गत शुक्रवार सुरु भएको निर्वाचन प्रक्रियामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । शनिवारको साधारण सभाले कार्यसमिति चयन प्रक्रियाको अनुमोदन गरेपछि आइतबार निर्वाचन प्रक्रिया टुङ्गो लागेको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा रुद्रप्रसाद सुवेदी (सुमन) कार्यकारिणी उपाध्यक्ष प्रज्वल बस्नेत र जेसी मिलन कार्की, सचिवमा जेसी प्रद‍ोस ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा सरोज कार्की, सरोज चौलागाईं, खगेन्द्र खतिवडा र सन्तोष ढकाल चयन भएका हुन् ।

पदाधिकारी मध्ये महत्त्वपूर्ण मानिएको महासचिव अध्यक्षले मनोनीत गर्ने प्रावधान रहेको छ । हालसम्म मिसन पराजुली र मुक्ति दाहालले महासचिव दाबी गरिरहेका छन् । बाँकी ४ जना सदस्य र विभिन्न समिति गठन नयाँ कार्यसमितिले गर्ने वर्ष २०२३ का अध्यक्ष योगेन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार जनवरी १ तारीखमा पदभार ग्रहण गरे पश्चात् सुवेदीको कार्यसमितिले काम गर्न पाउने भएको छ । वर्ष २०२४ को केन्द्रीय महाधिवेशन इटहरीमा हुने भएकाले नयाँ कार्यसमितिले महाधिवेशनको तयारीको जिम्मेवारी पाएको छ ।