इटहरी : अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको २३औँ अधिवेशन अत्यन्तै विवादित बनेको छ। सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै बन्दसत्र स्थगित गरेको तिन साता पछि एकै पटक दुई वटा कमिटी गठन भएका हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रदेश अध्यक्ष जीवी गजल र केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले फरक फरक कमिटी घोषणा गरेका छन् । गजलले उज्ज्वल सिग्देलको नेतृत्वमा कमिटी गठन गरेको सार्वजनिक गर्न नपाउँदै रेग्मीले शेखर रेग्मीलाई अध्यक्ष र उज्ज्वल सिग्देललाई उपाध्यक्ष बनाएर समानान्तर कमिटी गठन गरेका हुन् ।

यस अघि अध्यक्ष मण्डलको सहमतिमा ५१ सदस्य प्लेन कमिटी निर्वाचित भएको थियो । सोही कमिटी बाट पदाधिकारी तथा सदस्य छनौट गर्ने सहमति बमोजिम बहुमत सदस्यको हस्ताक्षरमा  इन्चार्ज  रेग्मीले नयाँ कमिटी घोषणा गरेका हुन् ।

शेखर रेग्मी अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा उज्वल सिग्देल, सन्तोष तामाङ छन् भने सचिवमा आदर्श पोख्रेललाई राखिएको छ ।

सह-सचिवमा एनिस रेग्मी, रुजु राई, इबेश डाँगी र चित्रमान राई चयन हुँदा कोषाध्यक्षमा सङ्कल्प खतिवडा र कार्यालय सचिवको जिम्मेवारी सुनिल सुब्बालाई प्रदान गरिएको छ ।

aneraswabiyu (1)aneraswabiyu (2)