धरान: शनिवार राती परेको भारी वर्षाले धरानमा ठुलो भौतिक क्षति गरेको छ । धरान–१३ स्थित जिरो प्वाइन्टमा खहरे खोलाले सडक भत्काएको छ । 
त्यसबाट करिब १ करोडको क्षति भएको डीबी थुलुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, आज रातिको पानीले धरान जिरो प्वाइन्ट पूर्व सेतो पुलनेर लगभग एक करोड बराबरको क्षेती । थप खहरे खोलाले कटान गर्ने क्रम जारी । तत्काल रोकथाम नगरे धन जनको क्षेती हुने सम्भावना बढेर गयो । 
यसैगरी धरान–१५ निराजन बस्तीमा पहिरोले निराजन मार्ग अवरुद्ध गरेको छ।त्यहाँ स्थानीय बासिन्दा बिहानै देखी सडक खुला गर्न श्रमदानमा लागेका छन् ।
अभियन्ता शिक्षक लोकराज निरौलाले सामाजिक सञ्जालमा तस्बिरहरू शेयर गर्दै लेखेका छन्, राती देखि परेको  वर्षाको कारण आएको बाढीले धरान–१५ निराजन मार्गको बाटो अवरुद्ध हुन गएको छ ।
साथै खत्रीधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी पाइप र पानी खोल्ने गेट बल समेत पुरेको हुँदा आज बिहानै बाट खानेपानी उपभोक्ता समितिका पदाधिकारी सदस्यहरू पहिरो पन्छाउन श्रमदानमा खटेका छन् ्।
उनका अनुसार खटिनेहरूमा नमुना श्रुति मार्ग टोल विकास संस्था, अरनिको मार्ग टोल विकास संस्थाका पदाधिकारी सदस्यहरू र सम्पूर्ण टोलवासीहरू श्रमदानबाट अवरुद्ध भएको बाटो र खानेपानी पाइपलाइन खुलाउने प्रयास भइरहेको छ ।
यसै बिच धरान–धनकुटा राजमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले शनिवारै राती सडक कटान गर्दा धरान–धनकुटा लेउती–तमोर सडक खण्ड अवरुद्ध भएको छ ।
badhi1494833023_674916455335371_1555754565735957756_n