धरान: डिपो स्कुलको बास्केटबल कोर्टमा जारी कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको आज शुक्रवार भएको खेलबाट धनकुटा र भोजपुर बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ ।
खेलमा धनकुटाले उदयपुर बास्केटबल टिमलाई ५५–२४ अङ्कको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सहज जित निकालेका धनकुटा र उदयपुरले प्रत्येक क्वाटरमा १५–४, १३–३, १३–१३ र १४–४ अङ्क जोडेका थिए ।
जित सँगै धनकुटाले आयोजक सुनसरीसँग फाइनलका लागि सेमिफाइनलमा भिड्नेछ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका नवीन राई म्यान अफ द म्याच घोषित भए । 
दोस्रो खेलमा भोजपुर टिमले ओखलढुङ्गा बास्केटबल टिमलाई ६१–३२ अङ्कको अन्तरले सहज जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । 
भोजपुर र ओखलढुङ्गाले खेलको प्रत्येक क्वाटरमा ११–७, १७–१०, १७–९ र १६–६ अङ्क जोडेका थिए । उत्कृष्ट प्रदर्शन गरेका भोजपुर बास्केटबल टिमका दिवस राई म्यान अफ द म्याच घोषित भए । जित सँगै भोजपुर टिमले फाइनलका लागि इलाम बास्केटबल टिम सँगै शनिवार प्रतिस्पर्धा गर्नेछ ।
धरान बास्केटबल सङ्घको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा बिहीबार देखि सुरु भएको प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरी ८ वटा जिल्लाका टिम सहभागी छ । 
प्रतियोगिताका विजेताले नगद २ लाख, उपविजेताले १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल असार ८ गते आइतबार हुनेछ ।
basketball 1