धरान: जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरी उच्च अदालत विराटनगर, मोरङले ५ वर्ष कैद सजाय तोका  फरार अभियुक्त शुक्रबहादुर नेपाली सार्की धरानमा पक्राउ परेका छन् ।
वराहक्षेत्र–७ का ५९ वर्षीय नेपालीलाई उच्च अदालत विराटनगर, मोरङले २०६७ वैशाख २० गते जबरजस्ती करणी सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो ।
उनलाई विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले अस्थायी प्रहरी चौकी रेल्वे धरानसँग समन्वय गरी धरान–१७ रेल्वे लाइन आसपास लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।