पथरी : मोरङ्गको पथरी शनिश्चरे ६ स्थित हसन्दहमा मंगलबार तराईवासी समुदायको जितिजा पर्व मनाइएको छ ।
तित्रिझाँक युवा समुहले आयोजना गरेको धार्मिक एवं सांस्कृतिक कार्यक्रममा पथरी शनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट वास्तोलाले सयौं जातजातिको फूलको थुंगा रहेको नेपाललाई सवै जातिको समान फूलबारी बनाएर देशलाई बलियो बनाउनुपर्ने बताइन् । उनले नगरका सबै जातजातिका पर्व एवं संस्कारलाई प्रवद्र्धन गर्न नगरपालिका सधैं तत्पर रहेको पनि उल्लेख गरिन् ।
कार्यक्रममा वडा नं ६ का अध्यक्ष जयवहादुर तामाङ, समाजसेवी बलराम ऋषिदेवले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा बुद्ध मुर्मुले गीत गाएका थिए भने गंगा भण्डारीले नृत्य प्रस्तुत गरेकी थिइन् । यस्तै, होमराज कार्की, मिलन लुइटेलले क्यारिकेचरसहितका प्रस्तुति दिएको कार्यक्रमका अध्यक्ष सुचिन्द्र मण्डलले जानकारी दिए ।
हसन्दहमा जितिया पर्व
- असोज १६, २०७५ / 174 पटक पढिएको































































