इटहरी: सुनसरीको इटहरी उपमहानगर १३ स्थित खनारको नहरमा शनिबार दिउँसो एक बालकको डुबेर मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन ।
घर नजिकै रहेको नहरको डिलमा खेल्ने क्रममा ४ बर्षी समिर मियाको डुबेर मृत्यु भएको हो भने ३ बर्षीय रिया खातुन बेपत्ता भएकी छिन् । खेल्दा खेल्दै दुवै बालबालिका नहरमा खसेका थिए । केही समयपछि बालकको मियाको शव भेटिए पनि खातुनको भने नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नहरमा सुरक्षाकर्मीको सहयोगमा बालिकाको खोजतलास भइरहेको बताइएको छ । दुवै जना दाजुभाईका छोराछोरी भएको प्रहरीको भनाई छ ।